स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजानिक (यसरी चेक गर्नुहोस नतिजा )

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह बीबीएस तेस्रो बर्षको नतिजा प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत चार वर्षे बीबीएस तेस्रो वर्षको आज नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट http://tuexam.edu.np/ मा गएर पनि नतिजा हेर्न सकिने छ । म्यासेज गर्दा तपाँईलाई शुल्क लाग्नेछ ।