पहिलो चरणमा माध्यामिक तहको विज्ञापन हुने

काठमाडौं । शिक्षक सेवा आयोगले पहिलो चरणमा माध्यामिक तहको विज्ञापन गर्ने तयारी गरिरहेको छ । शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको नतिजा सार्वजनिक पश्चात माध्यामिक तहमा स्थायी शिक्षकको विज्ञापन गर्ने तयारी गरेको कार्यलय श्रोतले जनाएको छ ।

आयोगका उप–सचिव एवं सूचना अधिकारी दामोदर आचार्यले जनाकारी दिए अनुसार फागुनभित्र शिक्षक लाईसेन्सको माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक गरि तीनै तहको नतिजा सार्वजनिक भईसकेपछि आयोगले तत्काल खुला प्रतियोगितात्मक परिक्षा तर्फको विज्ञापन गर्ने तयारी गरेको छ ।

आगामी बैशाखभित्रमा विज्ञापन गरिने उनको भनाई रहेको थियो । सूचना अधिकारी आचार्यका अनुसार आयोगले पहिलो चरणमा माध्यामिक त्यसपछि क्रमस निम्न माध्यामिक र प्राथमिक तहको विज्ञापन गर्नसक्नेछ । शिक्षक लाईसेन्सको माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तीनै तहको नतिजा आगामी फागुनभित्र गर्ने आयोगको तयारी रहेको छ । त्यस लगतै जतिसक्दो छिटो आयोगले तीनै तहको शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ ।