१ देखि १२ सम्मको नयाँ पाठ्यक्रम हेर्नुहोस

सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा विषयपिच्छेको संकाय नबनाउने भएको हो । कक्षा १२ सम्म विद्यालय शिक्षामा रुपान्तरण भएसँगै विभिन्न संकायको रुपमा अध्ययन अध्यापन गराउने पद्धति हटाएर अब कक्षा ९ र १० कै जस्तो पाठ्यक्रम लागू हुने भएको छ ।

शिशु कक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान व्यवस्थापन शिक्षा, मानविकी लगायत समूहका अलगअलग पाठ्यक्रम नहुने भएको छ । विद्यालय तहमा जसरी पढाइ हुन्छ, कक्षा १२ सम्म पनि सोही अनुसार जाने भएको छ ।
हेर्नुहोस सुचना ।