पोखरेल अल्पमतमा परेसंगै बालुवाटारमा एमालेको आकस्मिक बैठक


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेसंगै नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको बताईएको छ ।

नेकपाबाट निर्वाचित प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै पोखरेल अल्पमतमा परेका हुन् । पोखरेलले आजै राजीनामा दिएका थिए । पोखरेलले राजीनामा दिएपछि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठनका दावी पेश गरेका थिए ।