शारीरिक कमजोरी र यौन दुर्बलताबाट बच्न पुरुषले खानै पर्ने यी ६ खानेकुरा, हुन्छन् आश्चर्यजनक फाइदा

काठमाडौँ। हिजोआजको व्यस्त जीवनमा पुरुष तथा महिलाहरुलाई घर र कार्यालयको जिम्मेवारी सम्हाल्न निकै हम्मेहम्मे पर्ने गरेको छ। बिहानदेखि बुलुकासम्म कार्यालय तथा घरमा हुने कामको दबाब र तनावले शारीरिक तथा मानसिक थकान हुनु स्वाभाविक हो।

सामान्यतया महिला भन्दा पुरुषहरुले आफ्नो स्वास्थ्यमा ध्यान नदिँदा उनीहरुको दिर्घकालिन स्वास्थ्य अवस्थामा विभिन्न किसिमका समस्या देखिने गर्छ । व्यस्त जीवनमा थकान महसुस गर्नु खासै नौलो विषय नभए पनि दैनिकरुपमा यस्तो कमजोरीहरु देखिन थाल्यो भने पुरुष तथा महिला दुवैले सतर्क रहन आवश्यक पर्दछ। पुरुषहरूमा शारीरिक कमजोरीका लक्षणहरू चिन्नका लागि उल्लेखित संकेतहरुलाई ध्यान दिन आवश्यक पर्दछ।

– सुस्त महसुस गर्नु,
– बारम्बार निद्रा लाग्नु,
– केहीबेर काम गर्नसाथ थकान महसुस गर्नु,
– शारीरिक परिश्रम बिना पसिना आउनु,
– हात खुट्टाका मांसपेशिहरु दुख्नु,
– भोक नलाग्नु

शारीरिक कमजोरीका कारण आफूले सोचे जस्तो काम गर्न नसक्नु र यसले पुरुषमा यौन दुर्बलताको स्थितिको पनि निम्त्याउन सक्छ। यस्तो अवस्थामा केही खानेकुराहरुलाई दैनिक सेवन गर्दा समस्याको निदान केही हदसम्म हुन सक्छ। यदि समस्या जटिल बन्दै गएमा तुरुन्त चिकित्सकको उचित परामर्श तथा औषधिको आवश्यक पनि पर्न सक्छ।

१. अण्डा : दैनिकरुपमा शारीरिक तथा मानसिक परिश्रम गर्नेहरुले हरेक दिन अण्डा खानु निकै लाभदायक हुने गर्दछ। अण्डामा पाइने प्रोटिन, आइरन, लुटेन आदिले स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ। प्रोटिनले आँखालाई लामो अवधिसम्म स्वस्थ राख्न मद्दत गर्दछ। साथै, यसले मांसपेशीहरूलाई पनि मजबुद बनाउनेदेखि शक्ति प्रदान गर्न मद्दत गर्दछ। पुरूषहरूको शारीरिक शक्ति बढाउन अण्डा एक महत्वपूर्ण खाना बन्न सक्छ।

२. घ्यु : सामान्यतया घ्युकाबारेमा मानिसहरुले गलत धारणा बोकेका छन्। घ्युका कारण तौल बढ्नेदेखि अनेकौँ नकारात्मक भ्रमहरु फैलाइएको छ। वास्तावमा शुद्ध घ्युको उचित मात्राको सेवनले शरीरलाई फाइदा हुने गर्दछ। सीमित मात्रामा शुद्ध घ्युमा फ्याटी एसिडका साथै धेरै स्वस्थ पोषकहरू हुन्छन् जस्तै भिटामिन ए, डी, खनिज, क्याल्सियम, पोटाशियम, फस्फोरस आदि जसले शरीरलाई शक्तिवान बनाउन मद्दत गर्दछ। यदि कसैलाई शारीरिक दुर्बलता वा यौन क्रिडाका बेला थकान महसुस हुन्छ भने त्यस्ता व्यक्तिले दैनिक एक चम्चा घ्युको सेवन गर्दा फाइदाजनक हुन्छ। घ्युले शारीरिक बल वृद्धि गर्नुका साथै स्मृति क्षमता पनि बढाउन मद्दत गर्दछ। त्यसैगरी, यसले पुरुषहरुमा वीर्यको संख्यामा वृद्धि गर्छ।

३. केरा : केरा एक सस्तो सजिलै पाइने फल हो। दैनिकरुपमा यसको सेवनले शरीरमा ऊर्जा बढाउन मद्दत गर्दछ। केरामा प्रशस्त मात्रामा क्याल्सियम, फाइबर, पोटाशियम, एन्टिअक्सिडेन्ट्स, प्रोटिन, म्याग्नेसियम जस्ता गुणकारी तत्वहरु पाइन्छ। यसले पुरुषको स्वास्थ्यलाई मात्र नभएर महिला तथा बालबालिकाको स्वास्थ्यलाई फाइदा गर्दछ। दैनिक बिहान केराको सेवनले मानिसलाई दिनभर ऊर्जावान रहन मद्दत गर्दछ। केरामा केहि यस्ता तत्वहरु पनि हुन्छन् जसले शारीरिक सम्बन्ध राख्ने क्रममा हुने दुर्बलतालाई पनि निस्क्रिय पार्दछ।

४. अमला : अमला खाएर पनि पुरुषहरूले आफ्नो शारीरिक शक्ति बढाउन सक्छन्। दैनिक काँचो अमला सेवन गर्दा यसले छाला र कपाललाई पनि स्वस्थ राख्न मद्दत गर्दछ । दैनिक खाली पेटमा अमला खाँदा मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ। अमलाले धेरै प्रकारका यौन दुर्बलतालाई पनि ठिक पार्ने गर्दछ। भिटामिन सी, आइरनको मुख्य स्रोत भएको अमलाले क्यान्सर कोषहरूलाई बढ्नबाट पनि रोक्दछ।

५. कागती : भिटामिन सी प्रचुर मात्रामा पाइने कागती हरेक दिन बिहान एक गिलास पानीमा निचोरेर पिउँदा प्रतिरोधात्मक क्षमता मजबूत बनाउनुका साथै शरीरलाई कमजोरी हुनबाट पनि जोगाउँदछ। भिटामिन सी, बी, ई बाहेक यसमा रिबोफ्लेविन, नियासिन, थायामिन, फोलेट पनि हुन्छ, जसले यसलाई अझ गुणकारी बनाउने गर्दछ।

६. किसमिस : कहिलेकाहिँ शरीरमा रगतको अभावले पनि थकान महसुस गरिन्छ। यस्तो अवस्थामा दैनिक १० देखि १२ वटा किसमिस सेवन गर्दा शरीरलाई फाइदा हुनेगर्दछ। यसमा पाइने पोटासियम, म्याग्नेसियमले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्दछ। किसमिसको नियमित सेवनले पत्थरी, हाड जोर्नी दुख्ने समस्या, मुटु रोगबाट बच्न सकिन्छा। पानीमा भिजाएको किसमिसको सेवनले शरीरमा रगत र वीर्य दुबै बढ्न थाल्छ। आइरन भएको हुनाले यसले एनीमियाको समस्यालाई पनि उपचार गर्दछ।