प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत सार्वजनिक भएको छ ।

शिशिर योगीको सुमधुर स्वरमा सजिएको ‘म त भाग्यमानी’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक भएको हो। गीतमा शब्द प्रधानमन्त्री ओली र संगित शिशिर योगीकै रहेको छ ।

भिडियामा प्रधानमन्त्री ओलीलाई देखाइएको छ । भिडियोलाई लोकेश भट्टले सम्पादन र वीरेन्द्र भाटले निर्देशन गरेका छन् ।