त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन

काठमाडौं । त्रिभुवन विश्व विद्यालय जनशक्ति विकास तथा कल्याण कार्यक्रम २०७६–०७७ अन्तर्गत त्रिवि वृत्तिमा उच्च अध्ययनको लागि आवेदनआह्वान गरिएको छ ।

त्रिविका शिक्षक तथा कर्मचारीहरुको वृत्ति विकासका लागि जनशक्ति विकास तथा कल्याण कार्यक्रम २०७६–०७७ अन्तर्गत शिक्षकहरुका लागि विद्यावारिधि–एम.फिल. तह र कर्मचारीहरुका लागि स्नातकोत्तर तथा स्नातकतह अध्ययनका निमित्त त्रिवि मा उपत्यका भित्र स्थायी सेवा ३ वर्ष पुगेका तथा उपत्यका बाहिर २ वर्ष पुगेका र ५० वर्ष उमेर ननाघेका तोकिएको आन्तरिक विषयमा र खुल्लातर्फ आवेदन दिन अनुरोध गरिएको छ ।

इच्छुक योग्यशिक्षक–कर्मचारी तथा त्रिविबाट सम्वन्धन प्राप्त क्याम्पस तथा कलेजमा कार्यरत शिक्षकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र त्रिवि जनशक्तिविकास तथा कल्याण कार्यपद्धति २०७५ को अनुसूची १अनुसार फाराम भरी सम्बन्धित निकाय प्रमुखबाट प्रमाणित गराई आवेदन दिन सक्नुहुनेछ ।
पूर्ण जानकारीको लागी यहाँ क्लिक गर्नुहोला ।