स्नातकोत्तर तह दोश्रो वर्षको परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोश्रो वर्षको परीक्षातालिका सार्वजनिक गरेको छ ।

साथैँ त्रिविले मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोश्रो वर्षको आंशिक, प्राइभेट पुरा तथा आंशिक र २०६२ सालमा क्याम्पस भर्ना भई २०६३ सालमा प्रथम वर्षको परीक्षा पहिलो पटक दिई समयाअवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षा दिने परीक्षार्थीहरू समेतको परीक्षातालिका सार्वजनिक गरेको हो ।