यस्तो समस्या भएका व्यक्तिले कदापी नखानुहोस् कागती झन् बल्झिने छ यस्तो रोग

काठमाडौँ । हिमाल पहाड तराई जहाँ पनि कागती सजिलै पाइन्छ । स्वादमा अमिलो हुने कागतीमा भिटामिन ‘सी’ पाइन्छ । कागती बिशेष गरी दाल तरकारी मिठो बनाउने बाहेक डण्डीफोरको दाग, कालो वा सेतो खीलको उपचार गर्नका लागि पनि प्रयोग गरिन्छ । शरीरबाट विषाक्त हटाउन र छालाको सुन्दरता कायम गर्न प्रयोग गरिने कागतीले फाइदा मात्र होइन बेफाइदा पनि गर्छ।

कागती भनेको एकदमै अम्लीय तत्व हो त्यसैले यसमा धेरै मात्रामा एसिड हुन्छ। यसैका कारण कसैकसैको लागि कागती विष सरह पनि हुने गर्दछ । हामिले अनुहारको दागधब्बा र डण्डीफोरको उपचार गर्न कागती प्रयोग गर्नु अगाडि केहि कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ ।

यदि तपाइको छाला कालो छ भने डण्डीफोरको उपचार नगर्नु नै राम्रो हुन्छ । कागतीमा हुने एसिडले कालो छालालाई झन कालो बनाउदछ । तपाइको पाक्न लागेको डण्डीफोर छ भने पनि कागतीको प्रयोग नगर्नुहोस् ।

यसले डण्डीफोर झन पाक्छ । सुक्खा छाला छ भने पनि कागती प्रयोग नगर्नुहोस् । अनुहारको छाला सुक्खा भएको बेला कागती लगाउदा झन सुक्खा र फुस्रो हुन्छ । छात्ति पोल्ने समस्या छ भने कागगी सेबन गर्नुहुदैन ।

यसले झन छात्ति पोल्छ । मृगौला तथा पित्तथैलीमा समस्या हुनेले पनि कागती सेबन गर्नुहुदैन । तपाईको पेटमा गडबडी छ भने पनि कागती सेबन नगर्नुहोस् । यसमाह्ने एसिडले झन पेट दुख्ने गर्छ । दाँत खिइने समस्या छ भने पनि कागतीको सेबन नगर्नुहोस्।